सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै राजनैतिक माहोल तात्न थालेको छ ।
चिया पसलदेखी पाँच तारे होटल सम्म र हरेक टोल टोलमा चुनावको माहोल तातेको छ ।
चुनावको माहोल तातेसंगै जनतालाई विगतको अवस्था र अब के होला भन्ने उत्सुकता जगाउन आशाका किरण मिडियाले स्थानिय तहमा कसले कति मत प्राप्त गरे त्यसको निर्वाचन आयोगबाट प्रमाणीकरण भएको तपशिलको तथ्य प्रस्तुत गर्ने जमर्को गरेको छ।
काठमाडौंको उत्तरपुर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार शान्ति नेपालले ८६९८ मत प्राप्त गरि नगर उप – प्रमुखमा विजयी हुनुभएको थियो ।
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्री शान्ति श्रेष्ठले ८०६२ मत प्राप्त गर्नुभएको थियो ।
माओवादी केन्द्रका उम्मेदवार रेणु कार्कीले २२०३ मत प्राप्त गर्नु भएको थियो भने,राप्रपा नेपालकी उम्मेदवार सुमित्रा श्रेष्ठले ६३६ मत प्राप्त गर्नु भएको थियो ।
तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार अञ्जना श्रेष्ठले २१३ मत प्राप्त गर्नुभएको थियो।
विगतको मत परिणाम काँग्रेसको पोल्टोमा गएतापनी यसपालीको स्थानीय तहको चुनावमा उप-प्रमुखमा कसले बाजि मार्छ त्यो भन्न त्यति सजिलो छैन ।
