• Wednesday 29th of July 2026

कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ ।

कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो ।

“खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो कांग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौं,” उहाँले भन्नुभयो, “व्यासमा थुप्रै पूर्वाधार बनेको छ, कांग्रेसले जितेका कारण यो सम्भव भएको हो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology