• Saturday 25th of July 2026

थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५४ रहेको छ । पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार १४२ पुगेको छ । निको हुनेदर ९८ दशमलव सात प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्ला सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा एक हजार २०६, संस्थागत आइसोलेशनमा ४८, आइसियुमा २३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology