• Wednesday 29th of July 2026

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन अध्यक्ष ओलीको आग्रह


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।

एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उहाँले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा जनताको सेवाका लागि समर्पित हुन आह्वान गर्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउने अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताउनुभयो ।

अध्यक्ष ओलीले आशन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology