• Saturday 25th of July 2026

ज्येष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा


  • गोकर्णेश्वर अनलाइन

बाँकेको खजुरा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सोमबारदेखि सुरु भएकोे गाउँघर निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले विशेष लगानी स्वास्थमा गरेको बताउनुभयो ।

उहाँका अनुसार ज्येष्ठ नागरिकलाई हरेक वर्ष गाउँटोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई राहत पुगेको महसुस गरिएको छ । ज्येष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याबसहितको निःशुल्क स्वास्थ्य शिविर वडावडामा सुरु गरेको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो ।

वडा नं २ सीतापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने स्वास्थ्य शाखाप्रमुख पौडेलको भनाइ रहेको छ ।

नेपालगञ्जका वरिष्ठ चिकित्सक प्रकाश नागसहितको टोलीले ज्येष्ठ नागरिकको जाँच गरिएको छ । सोमबार १६८ जना ज्येष्ठ नागरिकले सेवा लिएकामा अधिकांशमा रक्तचाप र मधुमेहको समस्या देखिएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology