• Wednesday 29th of July 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स-यो


  • गोकर्णेश्वर अनलाइन

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्मका लागि सरेको छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश शनिबार दिउँसो ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका बारेमा छलफल हुने बताइएको छ । बैठकमा उपस्थिती हुन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology