सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । वडा अध्यक्षमा मुरारी कुईकेलले नेतृत्व गरेको प्यानलले नेपाली काँग्रेसको टिमलाई पराजित गरेका हुन् । गोकर्णेश्वर अनलाइनलाई प्राप्त विवरण अनुसार वडा अध्यक्षमा मुरारी कुईकेल महिला सदश्यमा लक्ष्मी भण्डारी ,दलित महिला सदश्यमा चित्रमाया वि.क ,खुल्ला सदस्यमा बुद्धि श्रेष्ठ र सचिन लामा विजयी भएका हुन् ।अन्तिम मत परिणाम केही समयमा निर्वाचन आयोगले प्रकाशन गर्नेछ ।
