• Monday 27th of July 2026

चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी


  • गोकर्णेश्वर अनलाइन

कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । उहाँले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गर्नुभएको हो । बोगटीले तीन हजार ३०५ मत ल्याउनुभयो भने सारुले ३ हजार २८१ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिनुभयो । ६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology