• Monday 27th of July 2026

दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी


  • गोकर्णेश्वर अनलाइन

दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भेषराज खत्रीले तीन हजार ३७८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसीले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सरस्वतीकुमारी घर्तीले तीन हजार २६५ मत प्राप्त गर्नुभएको थियो । आठ वडा रहेको बङ्गलाचुलीमा नेपाली कांग्रेसले चार र माओवादी केन्द्रले चार वडा यसअघि जितिसकेका छन् । कूल पन्ध्र हजार ९५३ मतदाता रहेको सो गाउँपालिकामा दश हजार ७३३ मत खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology