• Monday 27th of July 2026

निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी


  • गोकर्णेश्वर अनलाइन

बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology