• Monday 27th of July 2026

कामपाको समस्या समाधानमा पूर्ण सहयोग रहन्छ : प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिनुभयो ।

प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology