• Saturday 25th of July 2026

शान्ति समाजद्वारा पाँच जिल्लामा रक्तदान


  • गोकर्णेश्वर अनलाइन

विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा मानवअधिकार तथा शान्ति समाजको आयोजनामा पाँच जिल्लामा रक्तदान गरिएको छ ।

शान्ति समाज काठमाडौँ शाखाले आज बौद्धमा आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गर्नुभएको थियो ।

यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति प्रकाश शाही, सचिव दीपक गौतमसहित २१ जनाले रक्तदान गर्नुभयो ।

शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउतसहित ३३ जनाले रक्तदान गर्नुभयो । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा उपसभापति कृष्ण भट्टराईसहित २० जनाले रक्तदान गर्नुभएको थियो ।

यसैगरी शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गर्नुभएको थियो । त्यसक्रममा शान्ति समाजका आजीवन सदस्य हेमेन्द्र खड्काले २०औँ पटक रक्तदान गर्नुभएको महासचिव बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology