• Saturday 25th of July 2026

एक स्थानीय तह एक बीउ श्रोत केन्द्र’


  • गोकर्णेश्वर अनलाइन

‘एक स्थानीय तह एक बीउ श्रोत केन्द्र’ स्थापना गर्ने कार्यक्रम अन्र्तगत कञ्चनपुरको पुर्नवास नगरपालिकामा मूल बीउ उत्पादन गरिने भएको छ । नगरपालिकामा क्षेत्रमा रहेको ७४ बिघा जग्गामा हिउँदमा तथा वर्षायाममा मूल बीउ उत्पादनको कार्य हुने छ । मूल बीउ उत्पादनका लागि प्रदेश सरकारले आब ०७९÷०८९ को बजेटमा रु आठ करोड बजेट विनियोजन गरेको छ ।

आब ०७९÷०८९ को बुधवार बक्तव्य जारी गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले कृषिको आधुनिकरण र उत्पादकत्वमा वृद्धि गर्नका लागि मूल बीउ उत्पादनमा जोड दिईएको बताउनुभएको छ ।

धान चामलको आयात प्रतिस्थापन गर्न धान उत्पादन वृद्धि गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । ‘एक खेतमा तीन बाली उत्पादन वृद्धि गरौँ यसपाली’ भन्ने नारा साथ किसानको खेतीयोग्य जमिनमा वषौैँ भरी सिँचाइको सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्न कृषक समूह, सहकारी मार्फत प्रदेशमा एक हजार ६०० बोरिङ, ४०० कुलो र पोखरी निर्माण गरिने प्रदेशसभामा प्रस्तुत गरिएको बजेट बक्तव्यमा जनाइएको छ । सिँचाइ तथा कृषि यान्त्रीकरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेत्र खप्तड, रामासोशन, बडिकेदार, वैद्यनाथ धाम क्षेत्रसँगै कञ्चनपुरको लालझाडी गाउँपालिकालाई राना थारु साँस्कृतिक पर्यटकीय गाउँका रुपमा विकास गरिने भएको छ । यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री रावलले बेलौरी कलुवापुर नाइल बुडर निर्माण गर्न, कुवापुर बेलौरी सडक निर्माण गर्न, महाकाली नदीमा जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन सर्भेक्षण तथा विकासका लागि बजेटको यथोचित व्यवस्था मिलाइएको बताउनुभएको छ ।

सिकलसेल एनिमिया, हेमोफिलिया, एनिमिया, थालासेमियाजस्ता रोगको उपचारको लागि निःशुल्क परीक्षण र औषधि कैलालीको सेती, टीकापुर र कञ्चनपुरको महाकाली अस्पतालमा उपलव्ध गराउने व्यवस्था मिलाईएको बजेट बक्तव्यमा भनिएको छ ।

मिर्गौला पीडितका लागि महाकाली अस्पतालमा पाँँच शय्याको व्यवस्था मिलाइने छ बजेट वक्तव्यमा भनिएको छ । संघीय सरकार र स्थानीय तहसँगको साझेदारीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि महाकाली मावि बेलौरीमा निर्माणाधिन सुविधायुक्त आवासीय विशेष विद्यालय भवनका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

‘एक जिल्ला एक नमूना क्याम्पस’ कार्यक्रम अन्र्तगत महाकाली बहुमुखि क्याम्पस बेलौरीको नमूना क्याम्पसका रुपमा स्तरोन्नती गरिने भएको छ । बेदकोट अस्पताल भवन निर्माण गर्नका लागि रु ४८ करोड ८३ लाख बजेट विनियोजन गरएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा बहुउद्देश्यीय कभर्ड हल, निर्माण गरिने छ । कृष्णपुरको रैकवारमा प्रहरी चौकी भवन निर्माण गर्ने, पुर्नवासमा स्थापना गरिएका सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट(बिओपी)को भौतिक पूर्वाधार सुधार गरिने भएको छ । कञ्चनपुरको मझगाँउ विमानस्थल विस्तार कार्यक्रमा आफनो लागत साझेदारी रहने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology