• Monday 27th of July 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एकीकृत समाजवादी)को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका साङ्गठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्र्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना÷रणनीति तयार गरिने छ ।

पार्टीको आज बसेको पोलिटब्यूरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ । केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा पार्टी आफ्नै धरातलमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने विषयमा अधिकांश नेताको सुझाव आएको छ । गठबन्धनलाई आगामी निर्वाचनसम्म निन्ततरता दिने पक्षमा आफू रहेको भए पनि गठबन्धनले आफ्नो पार्टीलाई न्यायोचित व्यवहार नगरेमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको र परिस्थिति परिवर्तन पनि हुनसक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology