• Saturday 25th of July 2026

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गर्नुभएको छ । विभागले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढङ्गले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

“ बजेटमा उल्लेख भएको बुँदा नं १५१ नंको व्यवस्थाले एकातिर बीमा प्रदायक संस्थाको सङ्ख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने स्पष्ट छ”, विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीले सङ्घीय संसद्मा भएको छलफलमार्फत उपरोक्त नीति खारेज गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दै आएको सूचितै छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology