• Monday 27th of July 2026

‘संसद् जीवित रहनु संविधान अनुसार’ – महासचिव पोखरेल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राख्नुभयो । उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताउनुभएको हो । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology