• Saturday 25th of July 2026

हिमामा आँखा उपचार केन्द्र


  • गोकर्णेश्वर अनलाइन

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।

हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात करोड ११ लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology