• Monday 27th of July 2026

पूर्व नगरप्रमुख अमानसिंह एमालेमा प्रवेश


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उहाँहरुलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology