• Saturday 25th of July 2026

थप दुई सय ५७ मा कोरोना सङ्क्रमण


  • गोकर्णेश्वर अनलाइन

देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज दुई सय ३२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् । होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा ५० हजार तीन सय ५५ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology