• Monday 27th of July 2026

प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाबाट स्वीकृत


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रियसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको हो ।

यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गर्नुभएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology