सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेपाललाई लोडसेडिङ मुक्त गर्ने अभियानका नेतृत्व गरेका नेपाल बिद्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चुनाब लड्ने मुडमा रहेको खुल्न आएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईका अनुसार घिसिङ चुनावी मैदानमा उतृन लागेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल कुलमानलाई काठमाडौं ३ बाट उठाउन चाहन्छन् तर कुलमान भने जन्मभुमि रामेछापबाट प्रतिनिधि सभाकोलागी भिड्ने कि काठमाडौंबाट भिड्ने दोधारमा रहेको बजगाईले गोकर्णेश्वर अनलाइनलाई बताए ।
माओवादी केन्द्रीय सदस्य बद्री बजगाईले काठमाडौंमा माओवादी संगठन कमजोर भएकोले कुलमानको आगमनले पार्टी संगठनमा रक्तसञ्चार हुने र कार्यकर्तामा र जनतामा माओवादी केन्द्रको गिर्दो शाख उठाउन सकिने भएकोले पार्टी अध्यक्षले समेत काठमाडौंबाट चुनावी मैदानमा घिसिङलाई उतार्न तयार रहेको बताए ।
घिसिङले पदबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रने बजगाईले गोकर्णेश्वर अनलाइनलाई बताए ।
कुलमान घिसिङले कुन क्षेत्र रोज्छ्न् त्यो भने हेर्न बाँकी छ ।
