• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकामा अर्को लुट : विद्यालयलाई सामानै हस्तान्तरण नगरी बिल पास,कसको घरमा पुग्यो सामान ?


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकामा करको चरम दुरुपयोग भएको अर्को तथ्य फेला परेको छ ।

विद्यालय नर्सलाई भनी ल्यापटप लगायतका सामान खरिद गरिएको तर खरिद गरिएको सामान जसको लागि खरिद गरिएको त्यो हस्तान्तरण नगरिएकोले कर्मचारीको नियत माथी प्रस्न उठ्न थालेको हो ।

महालेखा परिक्षकले सार्वजनिक गरेको २०७९ को प्रदिवेदनमा सो ठगी सार्वजनिक भएको हो ।

सामान खरिद गरेर बुझाउनु पर्ने नर्स कार्यरत विद्यालयका प्रचार्यलाई गोकर्णेश्वर अनलाइनले बुझदा उनले सो विषयमा आफू अनविज्ञ रहेको बताए ।

हेर्नुस् यस्तो छ महालेखा परिक्षकले सार्वजनिक गरेको प्रतिवेदन :


मिलोमतोमा गोकर्णेश्वर नगरपालिकामा नगरवासीले आफ्नो छाक टारेर तिरेको करको चरम दुरुपयोग भएको देखिन्छ ।

नेपाली काँग्रेसले नेतृत्व गरेको नगरपालिकामा यसरी लुट हुँदा समेत प्रतिपक्षी दलबाट केही बिरोध नहुनुले सबै शंकाको घेरामा रहेका छन् ।

कर्मचारीको मिलोमतोमा जनताले तिरेको करको चरम दुरुपयोगको शृङ्खला गोकर्णेश्वर अनलाइनले क्रमबद्ध रुपमा खुलासा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology