• Saturday 25th of July 2026

आँखा शिविरमा चार हजारको जाँच गरिने


  • गोकर्णेश्वर अनलाइन

विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छा, अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले नागरिकमा सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने विचार राख्नुभयो ।

शिविरमा महानगरका चार हजार नागरिकको आँखा जाँच गर्नुका साथै चार सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधि र लेन्स प्रदान गर्ने योजना रहेको महानगरले जनाएको छ । महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने समेत योजना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology