• Tuesday 8th of September 2026

नवौंँ राष्ट्रिय खेलकुदः एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा


  • गोकर्णेश्वर अनलाइन

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो ।

नवौंँ राष्ट्रिय खेलको दोस्रो स्थान एपिएफले सुरक्षित गरेको छ । एपिएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।

त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय १९, बागमती २२ स्वर्णसहित एक सय ४२, प्रदेश नं १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी सात स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।

नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच आज समापन गरिँदैछ । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्न लागिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology