• Saturday 25th of July 2026

सिन्धुपाल्चोकमा मतगणना हुँदै


  • गोकर्णेश्वर अनलाइन

सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो ।
क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । एक बजे सर्वदलीय बैठक सम्पन्न गरेर मतगणना गरिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology