• Saturday 25th of July 2026

डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता


  • गोकर्णेश्वर अनलाइन

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिनुभएको छ ।

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology