• Saturday 25th of July 2026

सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहनुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । राउतको छ हजार आठ सय आठ मत बढी छ ।

तेस्रो स्थानमा रहनुभएका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology