• Saturday 25th of July 2026

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै


  • गोकर्णेश्वर अनलाइन

सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।

जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले तीन हजार चार सय ३४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसमा (१)मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालको अग्रता रहेको छ । माओवादी केन्द्रले चार हजार पाँच सय २९ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत पाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology