• Saturday 25th of July 2026

गुल्मी २ मा एमालेका गोकर्णराज विष्ट विजयी


  • गोकर्णेश्वर अनलाइन

गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको हो । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गर्नु भएको छ ।
यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी हुनुभएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।
उहाँले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जित्नुभएको छ । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जित्नुभएको थियो । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology