• Saturday 25th of July 2026

रौतहट १ बाट माधव नेपाल विजयी


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ ।

रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गर्नुभएको छ । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology