• Saturday 25th of July 2026

कास्की निर्वाचन क्षेत्र नं १ (१) मा खगराज अधिकारी विजयी


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसक्नुभएका उहाँ यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लड्नुभएको हो । विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology