• Friday 24th of July 2026

काठमाडौं क्षेत्र नम्बर ३ ले पायो ३ जना प्रतिनिधि सभा सदस्य


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । काठमाडौं क्षेत्र नम्बर ३ ले ३ जना प्रतिनिधि सभा सदस्य पाएको छ ।

प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका सन्तोष चालिसे निर्वाचित भएको काठमाडौं क्षेत्र नम्बर ३ बाट समानुपातिक तर्फबाट नेपाली काँग्रेसकी केन्द्रिय सदस्य अम्बिका बस्नेत र नेकपा एमलेको तर्फबाट बागमती प्रदेश कमिटी सदस्य शान्ती श्रेष्ठ  प्रतिनिधि सभा सदस्य बन्नु भएको हो ।

३ जना प्रतिनिधि सभा सदस्य पाएको काठमाडौं ३ का जनताको आवाज र जनतालाई प्रत्यक्ष सरोकार राख्ने निति निर्माणमा सांसदको कस्तो भुमिका हुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology