सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाका ग्रामिण क्षेत्रमा विगतमा संचालित सार्वजनिक यातायातले सेवा बन्द गरेपछि स्थानियले समस्या खेप्नु परेको भन्दै उद्धव बिष्टको नेतृत्वमा गोकर्णेश्वर नगरपालिकाको विभिन्न ग्रामिण क्षेत्रमा सार्वजनिक यातायात पुन संचालनमा ल्याउन गोकर्णेश्वर नगरपालिका सार्वजनिक यातायत सरोकार समिती गठन भएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भएको भेलाले उद्धव बिष्ट संयोजक र श्रीकृष्ण भण्डारी,हर्क तामाङ,तिर्थ भण्डारी,कुल बहादुर तामाङ,सुनिल गिरी,शिवराम कारन्जित,चन्द्र केसी र गौरी श्रेष्ठ सदस्य रहेको सरोकार समिति गठन गरेको हो । समितिको उद्देश्य तारेभिर,गाम्चा,पाखाथोक,मुलखर्क र ओख्रेनी लगायतको क्षेत्रमा सार्वजनिक यातायत संचालनमा ल्याउन पहलकदमी गर्न र त्यसको दीर्घकालीन ब्यवस्थापन गर्न सहयोग गर्न गठन भएको संयोजक उद्धव बिष्टले बताए ।
