• Tuesday 8th of September 2026

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न : एमाले अध्यक्ष ओली


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

उहाँले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भन्नुभयो, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।”

उहाँले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology