• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिका : जहाँ कर्मचारीलाई घुस नदिए हुँदैन बिल पास ! किन जनप्रतिनिधि मौन ?


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका मुलुकको त्यस्तो भ्रष्टाचारले सिमा नाघेको पालिका हो जहाँ बिल पास गर्न अनिवार्य कर्मचारीलाई पैसा दिनुपर्छ । हामिले विभिन्न ब्यक्तीसंग नाम नखुलाउने सर्तमा सोध्दा अधिकांश सेवाग्राहीले सो समस्या खेप्नु परेको बताएका छन् । खेलकुद र सामजिक शाखामा भ्रस्टाचारले सिमा नाघेको छ । कुनै संघ संस्थाले परियोजना गर्न प्रपोजल बनाउँदा होस् या कार्यक्रम सम्पन्न हुँदा कर्मचारीलाई प्रशिक्षक,अनुगमन कर्ता र यो वा त्यो बाहानामा पैसा दिनेगरेको आम मानिसले बताए । आफ्नो काम चाँडो हुने भएकोले पैसा दिने गरेको एक संस्थाकी अध्यक्षले बताइन् ।बिल समयमा पास गर्न तल्लो तहको कर्मचारीदेखी लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतसम्मले पैसा लिने गरेको पिडित जनता बताउँछन् । सम्झौता गरेपछि कर्मचारीले सोझै डिल गर्दा समेत नगरपालिकाका निर्वाचित जनप्रतिनिधि मौन बस्नाले के त्यसको केही हिस्सा जनप्रतिनिधिलेपनी लिन्छन् जनताले गुनासो गर्न थालेका छन् । जनताप्रति उत्तरदायी जनप्रतिनिधिले सुशासन कायम गराउन यस्ता हर्कत रोक्नुपर्ने हो तर जनप्रतिनिधि कर्मचारीको अगाडि लाचार हुनुले जनप्रतिनिधिमाथीनै गम्भीर प्रश्नहरु खडा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology