सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ ले जनतालाई ढाँटेर विदेश भ्रमण गएको तथ्य गोकर्णेश्वर अनलाइनले फेला पारेको छ ।
सूचनापाटीमा छिमेकी जिल्लाको जनप्रतिनिधि र कर्मचारीबिच अन्तरक्रिया कार्यक्रम भनेर बजेट दोहन गरेको र गोकर्णेश्वर ८ का जनतालाई सफेद झुट बोलेको तथ्य भेटीएको छ ।
हेर्नुस् जनतालाई ढाँटेर वडाबाट बजेट छुट्टाएर मनोरञ्जनात्मक प्रयोजनकालागि गोवा गएर जनतालाई छिमेकी जिल्लाको जनप्रतिनिधिसंग र कर्मचारीसंग अन्तरक्रिया भनेर वडाले जारी गरेको सूचना जस्ताको त्यस्तै :

२०७९ चैत्र ३० गते सूचनानै निकालेर छिमेकी जिल्लाको जनप्रतिनिधि भेट भनेपनी कुन जिल्लाको जनप्रतिनिधि हो र को को संग भेट भयो त्यो अहिलेसम्म खुल्न सकेको छैन ।
अन्य वडा कार्यालयहरुसमेत छानबिनमा तानिने
वडा नम्बर ८ को बेथिति बाहिरेसंगै अन्य वडाले गरेको भ्रमणको समेत छानबिन हुने देखिएको छ ।
अन्य वडाहरुले समेत जनताले तिरेको करको दुरुपयोग गर्दै भ्रमण आयोजना गरेर रकम बुझीसकेको तथ्य फेला परेको छ ।
देश आर्थिक संकटमा फसेको बेला सरकारलेनै आर्थिक मितब्ययीताको नीति अवलम्बन गरेको बखत हुने यस्ता भ्रमणबाट जनताले निराशा सिवाय केही पाएका छैनन् ।
गाउँगाउँमा सिंहदरबारको अधिकार आएको भनेर खुसी बनेका जनता नयाँ व्यवस्थामा जनप्रतिनिधि र कर्मचारीमा यस्तो हर्कत देखेपछि जनतालाई अहिलेको व्यवस्थाप्रतिनै चिन्ता बढ्न थालेको छ ।
नगरपालिकाले यस्तो जनविरोधी गतिविधि रोक्छ अथावा त्यसलाई प्रोत्साहन गर्छ त्यो भने हेर्न बाँकी छ ।
