• Friday 24th of July 2026

गगननगर विकास समाजको १३ औं वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः सुवासराज गिरी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर नगरपालिका । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको गगननगर विकास समाजको १३ औँ वार्षिक साधारण सभा सुवासराज गिरीलाई पुन : अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भएको छ । गनगनगरमा रहेको लालीगुराँस पार्टी प्यालेसमा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापती सन्तोष चालिसेको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष र अध्यक्षको प्रतिवेदन सर्वसम्मत पास गर्दै नयाँ कार्यसमिती घोषणा गरिएको थियो ।

सुवासराज गिरी अध्यक्षमा,ज्ञानप्रसाद पौडेल बरिस्ठ उपाध्यक्षमा,अनिता रिजाल उपाध्यक्षमा,घनश्याम प्रसाईं महासचिवमा,राम प्रसाद गौतम सचिवमा,श्रीराम पुडासैनी कोषाध्यक्षमा र इश्वर घिमिरे,सम्झना सुवेदी,कमला आचार्य भण्डारी र विजय तामाङ सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए।

निर्वाचित कमिटीले पहिलो बैठकबाट सल्लाहकार समितिको संयोजकमा राजेन्द्र पौडेल र सदश्यहरुमा रामपुरी घिमिरे र वसन्त पौडेललाई चयन गरेको थियो ।

कार्यक्रममा सांसद शान्ति श्रेष्ठ,बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा,गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,टाईमलाइन स्कुलका अध्यक्ष नवराज रिजाल,सुगम नगर विकास समाजका अध्यक्ष कपिल उप्रेती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै संघीय सांसदका अर्थ समिती सभापति सन्तोष चालिसेले नवनिर्वाचित कमिटीलाई सफलताको शुभकामना ब्यक्त गर्दै आफू गगननगर विकास समाजलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । जनताको हरेक समस्यामा आफू साथ रहने बाचा गर्दै सांसद सन्तोष चालिसेले मन्तव्य टुंगाएका थिए ।

सुवासराज गिरीले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।

निर्वाचन समितिका संयोजक गोविन्द ढुंगेलले कार्यसमितिको नामावली घोषणा गरेका थिए ।

कार्यक्रम पश्चात् रात्रीकालिन भोजको व्यवस्थापन समेत गरिएको थियो ।

साधारणसभाको अवसर पारेर समाजमा बसोबास गर्ने ब्यक्तीहरुको फोटो र विवरण सहितको स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology