सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर हेल्थ कार्ड शुभारम्भ गरेको छ । आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि सो कार्डको सुभारम्भ गरिएको हो । हेल्थ कार्डमा नगरवासीको स्वास्थ अवस्थाको जानकारी हुने र क्यु आर कोड स्क्यान गरेपछि नागरिकको स्वास्थ अवस्थाको सम्पुर्ण प्रोफाईल हेर्न सकिने नगर प्रमुख दिपक रिसालले आशाका किरण मिडियालाई बताए । हेल्थ कार्ड मेयर लगायत नागरिकलाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । हेल्थ कार्डको बारेमा डा सुवास प्याकुरेलले प्रस्तुति दिएका थिए ।
