• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकामा ७४० प्रतिशत सम्म कर बढाएको भन्दै निजि शैक्षिक संस्था आन्दोलनमा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिकाले एकै आर्थिक वर्षमा ७४० प्रतिशत सम्म दस्तुर बढाएको भन्दै संस्थागत विद्यालय आन्दोलित भएका छन् । आज गोकर्णेश्वर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै निजि शैक्षिक संस्थाका प्रतिनिधिले नगरपालिकाको अवैज्ञानिक निर्णयमा असहमति जनाएका हुन् ।

प्याब्सनको नेतृत्वमा आज गोकर्णेश्वर नगरपालिकामा कृयाशिल निसान,इसान,नेशनल प्याब्सन,अपेन,हिसान र शैक्षिक महिला संजालले संयुक्त रुपमा नगरप्रमुख दिपक रिसाल र उप-प्रमुख सान्नानी लामालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

कार्यक्रममा नगरपालिकामा भएको बेथितिको बारेमा प्याब्सनका नेता हरिकृष्ण श्रेष्ठले जानकारी गराउँदै नगरपालिकाले मागको सम्बोधन नगरे चरणवद्द आन्दोलन गर्ने चेतावनी समेत दिनु भयो ।

निसानका अध्यक्ष सौर्यनाथ आचार्यले संचालन गरेको कार्यक्रममा हिसान गोकर्णेश्वरका अध्यक्ष राजकुमार श्रेस्ठले ध्यानाकर्षण पत्र बुझाउनुको कारणबारे प्रष्ट पारेका थिए भने गोकर्णेश्वर प्याब्सन अध्यक्ष सुदिप अधिकारीले ध्यानाकर्षणपत्र वाचन गर्दै नगर प्रमुखलाई बुझाएका थिए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले जायज माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । नगर प्रमुख दिपक रिसालले सके सम्म संस्थागत विद्यालयको मर्का बुझ्ने बताउनु भएको थियो ।

कार्यक्रममा इसानकी अध्यक्ष साधना खतिवडा,शैक्षिक महिला संजालकी अध्यक्ष शुअभा केसी ,नेशनल प्याब्सन गोकर्णेश्वरका अध्यक्ष निराजन आचार्य लगायतको उपस्तिथि रहेको थियो ।

माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology