• Friday 24th of July 2026

केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको छ : रवि लामिछाने


  • गोकर्णेश्वर अनलाइन

रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गर्नुभएको छ ।

सोमबार तारेख बुझ्न काठमाडौं अदालत पुग्नुभएका लामिछानेले केपी ओलीले आफुलाई गुण लगाएको भन्ने गरेको र त्यही गुण तिर्नका लागि सवै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताउनुभयो । देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महशुस भएको उहाको भनाइ छ । लामिछानेले अवको सात दिनभित्र सवै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाउनुभयो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology