सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको सांग्रिला पब्लिक स्कुलले आज एक भव्य समारोहकासाथ खेल सप्ताह सुरु गरेको छ । विद्यालयका व्यवस्थापन समित अध्यक्ष खेम गौतमको अध्यक्षता र गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक डम्बर बिष्टले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी र विद्यालयका अध्यक्ष ,सह-प्रधानाध्यापक र शिक्षकहरुले बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका सह-प्रधानाध्यापक डम्बर बिष्टले खेलकुदले विद्यार्थीको जिवनमा पार्ने प्रभावको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले सांग्रीला स्कुलले खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यार्थीलाई खेल संगै पढाईलाईपनी अगाडि बढाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले नेपाली मौलिक संस्कृति झल्किने स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
विद्यार्थीको परेडले कार्यक्रमको रौनकता थपेको थियो । ४० भन्दा बढी विधामा विद्यार्थीले विभिन्न कक्षागत समुहमा प्रतिस्पर्धा गर्ने विद्यालयका अध्यक्ष खेम गौतमले गोकर्णेश्वर अनलाइनलाई बताए ।
खेलकुद कार्यक्रम १ सातासम्म चल्ने विद्यालयले जनाएको छ । विजेतालाई शिल्ड मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने विद्यालयको तयारी छ ।
