• Friday 24th of July 2026

सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिए: बर्षमान पुन


  • गोकर्णेश्वर अनलाइन

नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गर्नुभएको छ ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गर्नुभएको हो । सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका बिषय उठाउन नसक्दा आगामी दिनमा उनीहरुमाथि नै जनताले प्रश्न उठाउन सक्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले ढिलो गरि संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रीत छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफुहरुले ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।

उहाले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology