• Wednesday 30th of September 2026

उपत्यकाका बिभिन्न पाँच स्थानबाट ग्याँस बिक्री वितरण: खाली सिलिण्डर बोकेर ग्यास लिन पुगे उपभोक्ता


  • गोकर्णेश्वर अनलाइन

नेपाल आयल निगमले उपत्यकाका पाँच स्थानबाट ग्याँस बिक्री वितरण गरेको छ ।

खाना पकाउने एलपी ग्याँसको अभाव हुन नदिन निगमले यसअघि टेकुबाट मात्रै बिक्री वितरण गर्दै आएकोमा शनिबार उपत्यकाका बिभिन्न पाँच स्थानबाट बिक्री वितरण गरेको हो । निगमले टेकु कार्यालय, यातायात कार्यालय परिसर चावहिल, बसुन्धरास्थित राधास्वामी परिसर, राधास्वामी परिसर कीर्तिपुर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्याँस बिक्री वितरण गरेको छ ।

खुला स्थानमा ग्याँस बिक्री वितरण भएसंगै उपभोक्ताहरु खाली सिलिण्डर बोकेर ग्यास लिन पुगेका थिए ग्यास खरिद गर्न चाहने अति आवश्यक भएका व्यक्तिहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने निगमले जनाएको छ ।

ग्यासको अभाव हुन नदिन आगामी दिनमा निरन्तर रुपमा सहज बिक्रि बितरणको व्यवस्था गर्ने समेत निगमले जानकारी दिएको छ ।

https://www.facebook.com/reel/1386101066957703/

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology