• Tuesday 8th of September 2026

प्रदेश प्रमुख परिवर्तन स्वभाविकः अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताउनुभएको छ ।प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्छ भन्नुभयो । “प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ”, उहाँले बताउनुुभयो,“यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।”नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उहाँहरुमाथिको सम्मान भएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।”

पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पु¥याउने अभियानमा लागेको उल्लेख गर्दै उहाँले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गर्नुभयो । उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ’, अध्यक्ष दाहालले भन्नुभयो,“उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन् हाम्रो जित सुनिश्चित छ ।”नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छट, महरमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उहाँ नेपालगञ्ज आउनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology