• Friday 24th of July 2026

तेह्रौँ साग : महिला टिम कातामा नेपाललाई स्वर्ण पदक


  • गोकर्णेश्वर अनलाइन

तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो । समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology