• Friday 24th of July 2026

नवनिर्वाचित सांसद विद्या भट्टराईबाट शपथ


  • गोकर्णेश्वर अनलाइन

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको हो । प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उहाँ कास्की निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित हुनुुभएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो । सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुनुुहुन्छ ।

उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उहाँ विजयी हुनुुभएकोे हो । शपथपछि सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुुभयो– “संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछुु ।” शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, सङ्घीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology