• Saturday 25th of July 2026

नयाँ वर्षमा सुरुङमार्ग निर्माण शुरु हुन्छ : मुख्यमन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताउनुभएको छ । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमांडौँ सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले काठमाडौँसँग जोडिने हेटौँडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने जानकारी दिनुभयो । उहाँले हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताउनुभयो । प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने उहाँले जानकारी गराउनुभयो । प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उहाँले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology