• Saturday 25th of July 2026

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटाको जित


  • गोकर्णेश्वर अनलाइन

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ । अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित भयो । जितसँगै सङ्कटा छैठौँ स्थानमा उक्ललिएको छ । समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अङ्कका साथ अङ्क तालिकाको बाह्रौँ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology