• Saturday 25th of July 2026

प्रतिनिधिसभामा चार विधेयक पेश


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको हो । यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राख्नुभएको थियो । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology