• Saturday 25th of July 2026

कारागार विधेयक पेश


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गर्नुभएको हो । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो ।

कृषि समितिको प्रतिवेदन पेश

बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology